Kathmandu Press

कोभिड १९ सँग जुध्न युरोपेली संघद्वारा नेपाल सरकारलाई करिब १० अर्ब सहयोग

काठमाडौं, वैशाख १६  युरोपेली संघले नेपाल सरकारलाई नौ अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसक....

कोभिड १९ सँग जुध्न युरोपेली संघद्वारा नेपाल सरकारलाई करिब १० अर्ब सहयोग

काठमाडौं, वैशाख १६  युरोपेली संघले नेपाल सरकारलाई नौ अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो।

युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ। 

संघले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ।

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्