Kathmandu Press

सेयर बजारमा उछाल, १० अर्ब बढीको कारोबार

आज ३०२ कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ।
सेयर बजारमा उछाल, १० अर्ब बढीको कारोबार

काठमाडौं, फागुन ५ : पछिल्लो केही दिनयता सेयर बजारमा उछाल आएको छ। 

लागतार उच्च अकंले बढिरहेको नेप्से परिसूचकले सोमबार सोमबार पनि सोही गति लियो। सोमबार २९.८७ अंकले बढेको नेप्से २७२७.९१ बिन्दुमा पुगेको छ।   यो १.१० प्रतिशतको वृद्धि हो।

आज ३०२ कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ २.१६, होटल तथा पर्यटन २.२९, लघुवित्त २.४५ र अन्य समूह २.४७ प्रतिशतले बढेको छ। 

त्यस्तै विकास बैंक ०.३३, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७७, म्युचुअल फन्ड ०.५२ र निर्जीवन बिमा समूह १.०७ प्रतिशतले बढेको छ। 

तीन वटा समूहको उपसूचक भने घटेको छ। वित्त समूह ०.८४, जलविद्युत् ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घटेको छ ।

सोमबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। 

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। उसको मूल्य १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख तीन सय ४९ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्