लकडाउनमा स्मार्ट टेलिकमको राहत प्याकेज
काठमाडौं, वैशाख १६ : दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले लकडाउनको समयमा समस्यामा परेका ग्राहकहरुका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ।
काठमाडौं, वैशाख १६ : दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले लकडाउनको समयमा समस्यामा परेका ग्राहकहरुका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ।
ल्कडाउनका कारण फोनमा ब्यालेन्स नभएका (रिचार्ज गर्न नपाएका) प्रयोगकर्ताका लागि राहत प्याकेज विशेष सहयोगी हुने स्मार्टले जनाएको छ। सामाजिक उत्तरदायित्वका रुपमा स्मार्टले आफ्नो फोनमा शून्य ब्यालेन्स भएका प्रयोगकर्ताका लागि ३० मिनेट अन नेट र ३०० एमबी डाटा फोरजी निःशुल्क उपलब्ध गराइरहेको छ। यो अफरको समय ३० दिन निर्धारण गरिएको छ।
यसै गरी लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि २९९ रुपैयाँंमा ३८१.७९ करसहित ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ। त्यस्तै ७६.७५ रुपैयाँमा ९८ रुपैयाँ करसहित एक साताका लागि ३ जिबी डाटा उपलब्ध गराएको छ।
स्मार्टदेखि स्मार्टमा फोन गर्दा भने एक साताका लागि कुनै शुल्क नलाग्ने स्मार्टले जनाएको छ। स्मार्टले नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ।
सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो।सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा गरेको स्मार्ट नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो।










-1754206481.jpg)
