Kathmandu Press

सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने

काठमाडौं, वैशाख १६ : सनराइज बैंकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनको समयमा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्द....

सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने

काठमाडौं, वैशाख १६ : सनराइज बैंकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनको समयमा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ।

निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज आठ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त मुद्दतीको न्यूनतम अवधि तीन महिना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने विज्ञप्तीमा जनाइएको छ। बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन्।

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्