Kathmandu Press

बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु

सर्लाही, वैशाख १६ : बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा ह....

बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु

सर्लाही, वैशाख १६ : बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो। सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए। मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ। 

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्