Kathmandu Press

नेप्से १९ अंकले बढ्यो, ९ खर्ब बढीको कारोबार

३०९ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।
नेप्से १९ अंकले बढ्यो, ९ खर्ब बढीको कारोबार

काठमाडौं, फागुन ४ : साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। 

आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा कायम भएको छ।

३०९ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड ०.११ र निर्जीवन बिमा १.२८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। वित्त समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ। 

यस्तै, बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५ र जलविद्युत् ०.३६ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त १.८६, व्यापार ०.२५ र अन्य समूह ०.३८ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्