Kathmandu Press

सुनचाँदीको मूल्य घट्यो

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, फागुन ४ः साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइइरहेको छ।

प्रकाशित मिति: १०:०७ बजे, आइतबार, फागुन ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्