Kathmandu Press

साढे ३ महिनापछि हिमपहिरोमा पुरिएका कोरियाली नागरिकको शव फेला

काठमाडौं, वैशाख १६ : गत माघ २ मा कास्कीको अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभमाको हिमपहिरो परी बेपत्ता भएका एक पर्यटकको शव भेटिएको छ। सोमबार नेपाली....

साढे ३ महिनापछि हिमपहिरोमा पुरिएका कोरियाली नागरिकको शव फेला

काठमाडौं, वैशाख १६ : गत माघ २ मा कास्कीको अन्नपूर्ण गाउँपालिका १ हिङ्कु केभमाको हिमपहिरो परी बेपत्ता भएका एक पर्यटकको शव भेटिएको छ। सोमबार नेपाली सेनाको टोलीले हिमपहिरोमा बेपत्ता एक कोरियाली नागरिकको शव भेटिएको हो।

शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जनाएको छ।

हिङ्कु केभ इलाकामा  गत माघमा गएको हिमपहिरोमा तीन नेपाली गाइडसहित चार जना कोरियाली पर्यटक बेपत्ता भएका थिए। तीमध्ये दुई नेपाली र दुई कोरियाली पर्यटकको शव यस अघिनै भेटिइसकेको छ।

अझै एक नेपाली र एक कोरियाली पर्यटक बेपत्ता रहेकाले हिउँभित्र पुरिएको सम्भावित स्थानमा खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्