Kathmandu Press

युट्युबमै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुँदै

काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको विश्वव्यापी महामारीले सबै क्षेत्र प्रभावित भएको छ। यस्तोवेला सिने क्षेत्र तथा रंगमञ्चमा केहि आयामहरु भर्चुल माध्यम....

युट्युबमै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुँदै

काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको विश्वव्यापी महामारीले सबै क्षेत्र प्रभावित भएको छ। यस्तोवेला सिने क्षेत्र तथा रंगमञ्चमा केहि आयामहरु भर्चुल माध्यममाबाट प्रसारण भइरहेका छन्।

यसैक्रममा अब फिल्म फेस्टिभल पनि भर्चुअल माध्यमबाटै हुने भएको छ। विभिन्न अन्तर्राष्ट्रिय फिल्म भेस्टिभलको संयोजनमा ‘वि आर वान:  ग्लोबल फिल्म फेस्टिभल’ आयोजना गर्न लागिएको छ।

Hardik ivf

युट्युब र ट्रिबेका इन्टरप्राइजेजले मे २९ देखि जुन ७ सम्म युट्युबमै फिल्म फेस्टिभल आयोजना गर्न लागेका हुन्। यसलाई कान्स, टोरोन्टो, बर्लिन, भेनिसलगायत फिल्म फेस्टिभलको सहकार्य रहेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनलाई सघाउन यो महोत्सव आयोजना गर्न लागेको जनाएको छ। यसमा विश्वभरका २० चर्चित फिल्म फेस्टिभल आयोजकको सहभागिता रहनेछ।

यो महोत्सवमा १० दिनसम्म विभिन्न फिल्म प्रदर्शन गरिनेछन्। युट्युबमा निःशुल्क हेर्न पाइनेछ।

यस अघि डब्लुएचओको सयोगार्थ गायकगायिकाले भर्चुअल कन्सर्ट आयोजना गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओको अनुदान कटौति गरेपछि विभिन्न क्षेत्रबाट सघाउन थालिएको हो।

 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्