Kathmandu Press

त्रियुगा नगरपालिकालाई ४० थान पीपीई प्रदान

काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको प्रभाव नेपालमा बढ्दै गएको छ। संक्रमणका हिसाबले यतिवेला उदयपुर ज्यादा जोखिममा छ। उदयपुरको त्रियुगा नगरपालिकाको भुल्....

त्रियुगा नगरपालिकालाई ४० थान पीपीई प्रदान

काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको प्रभाव नेपालमा बढ्दै गएको छ। संक्रमणका हिसाबले यतिवेला उदयपुर ज्यादा जोखिममा छ। उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा भाइरस संक्रमितको संख्या हालसम्म कै धेरै छ।

यहि दृष्टान्तलाई ख्याल गर्दै विभिन्न अस्पताल र स्थानीय निकायमा सहयोग गर्दै आएको ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुर र ‘आनी छोइङ डोल्मा फाउन्डेसन’ काठमाडौंले त्रियुगा नगरपालिकालाई सोमबार ४० थान पीपीई किट सेट उपलब्ध गराएको छ।

दुवै संस्थाद्वारा काठमाडौँमा एक कार्यक्रम गरि उदयपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.नारायण खड्काको रोहबरमा त्रियुगा नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ।

प्रारम्भ संस्थाका वरिष्ठ सल्लाहकार एवं  कलाकार हरिवंश आचार्य र आनि छोइङ डोल्मा फाउन्डेसननकी अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिना तथा एनआरएन अभियन्ता अनुज थापालगायतले  पीपीई हस्तान्तरण गरेका हुन्।

लकडाउन र महामारीको प्रभावले सिर्जित प्रतिकुल अवस्थामा उपलब्ध गराइएका सामग्रीको दुरुपयोग नगरी नगरमार्फत स्थानीय स्वास्थ्य संस्थामै पुर्‍याउन कलाकार हरिवंश आचार्यले आग्रह गरे।

सहयोग सामग्री ग्रहण गर्दै प्रतिनिधिसभा सदस्य डा.खड्काले स्वास्थ्यजस्तो संवेदनशील विषयमा कुनै लापरवाही नगरी सम्पूर्ण सामग्री सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मी समक्ष बुझाईने बताए। ४० थान पीपीई किट सेटमा पीपीइ ड्रेस, एन ९५ मास्क, गमबुट, फेसशिल्ड, ह्यान्ड सानीटाइज़र रहेका छन्।

एनआरएन अभियन्ता अनुज थापा र चण्डिका पोख्रेलको संयोजनमा उपलब्ध गराइएको उक्त सामग्री त्रियुगा नगरपालिकाका लेखापाल बाबुराजा प्रजापतिलाइ बुझाइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए।

प्रकाशित मिति: १०:११ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्