Kathmandu Press

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : अध्यक्ष दाहाल

‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो,’ उनले भने।
त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : अध्यक्ष दाहाल

काठमाडौं, फागुन २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको दाबी गरेका छन्। 

शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग कुरा गर्दै उनले भारत र बंगलादेशसँग भएको व्यापार सम्झौता नेपालको समृद्धिको  सपना पुरा गर्ने बताए। 

Hardik ivf

‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो,’ उनले भने।

जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्ने उनले बताए। 

भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने पनि बताए। 

उनले अहिलकोे सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्नेगरी हस्तक्षेप बढाएको टिप्पणी गरे। 

उनले इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे। आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुनेगरि अध्यादेश ल्याएका ल्याएपनि अदालतले रोकेकाले यसका लागि थप लविङको आवश्यकता रहेको पनि स्पष्ट पारे। 
 

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, फागुन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्