Kathmandu Press

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, फागुन १ : स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो । 

बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ । 

प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्