कास्ट कन्भर्सेसन: जात र डिजिटल मिडियामाथि सात युवाको बहस
उत्पीडित तथा सिमान्तकृत समुदायको आँखाबाट डिजिटल मिडिया कस्तो देखिन्छ ?
नेपाल सरकारले सामाजिक सञ्जालको सञ्चालन रनियमनको लागि भन्दै ल्याएको नयाँ विधेयकका कारण केहि दिनदेखि सामाजिक सञ्जाल तरंगित बनेको छ । नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने, मौलिक हकमा गम्भीर असर पार्ने र वाक स्वतन्त्रामा बुझो लगाउने गरि सरकारले विधेयक ल्याएको भन्दै तीव्र आलोचना भइरेको छ । बौद्धिक जमातको ठूलो हिस्साले यसको विरोधमा उत्रिएका छन् । यो परिदृष्यमा पछिल्लो पुस्ताका सात युवा आफ्नो अनुभूतिसँगै डिजिटल मिडियाबारे बहस गर्न निम्ति ‘कास्ट कन्भरसेसन' मा सहभागी भए।
डिजिटल मिडियासँगै हुर्किएको यो पुस्ता इन्टरनेटको दुनियाँमा अभ्यस्त छ । मानवीय जीवनको अभिन्न अंग बन्दै गइरहेको डिजिटल मिडियाबरे बोल्न पूर्वदेखि पश्चिमसम्मका युवाहरुलाई दलित लाइभ्स म्याटरले एकै ठाउँमा ल्याएको छ । के डिजिटल मिडियामा सबैको पहुँच छ ? सामाजिक सञ्जालले मानसिक रुपमा खराब असर त पारेको छैन ? भौतिक समाजमा जस्तो सामाजिक सञ्जालमा जातको आधारमा विभेद र विभाजन छ कि छैन ? उत्पीडित तथा सिमान्तकृत समुदायको आँखाबाट डिजिटल मिडिया कस्तो देखिन्छ ? सञ्चालक बृद्धिका सेन्चुरीको प्रश्नमा सात युवाले खुलेर बहस गरेका छन् ।
लैंगिक अल्पसंख्यक समुदायकी दिपा राइलाई भौतिक समाजमा जे जे भइरहेको छ अनलाइनमा पनि त्यही भइरहेको लाग्छ । आफुलाई ‘सोसल बटरफ्लाइ’को उपमा दिने दिपाले सामाजिक सञ्जालबाट मानसिक यातना भोग्नु परेको घटना सुनाइन् । डिजिटल मिडियामार्फत सामाजिक सचेतनाको सामाग्री निर्माण गरिराख्ने दिपाले भनिन्, ‘थरकै कारण मेरो बुवाले तुच्छ गाली खानुपर्यो, लैंगिक अल्पसंख्यकको झण्डा कुल्चीएको फोटो साथीहरुले सामाजिक सञ्जालमा राख्नुहुन्छ । उहाँहरुलाई एडुकेट गर्न नसक्दा म दुःखी छु ।’
आफ्नो कहानी सुनाउदा सुनाउदै आँखा रसिलो पारेकी दिपाले आँशु पुछ्दै भनिन्, ‘म बोल्न भने छोड्नेछैन ।’
कन्टेन्ट क्रियटर एलिना गुरुङले दिपालाई साथ दिदै बोलिन्, ‘लैंगिकता, उत्पीडित र सिमान्तकृत समुदायको विषय राख्दा जहिले पनि खराख प्रतिक्रिया आउने गरेका छन् । ब्याड्ली म्यासेज र कमेन्टहरु आइरहेका हुन्छन् । यौन हिंषाबारे बोल्दा त्यस्तै खराव प्रतिक्रिया आउँछ । त्यस्ता कुराहरुले मलाई खराव असर पारिरहेको छ ।’
कुनै कुरा राख्दा सूचना सहि छ की छैन भनेर तथ्य जाँच गर्नुका साथै कस्ता कुरा बाहिर ल्याउने र कुन कुरालाई निरुत्साहित गर्ने भन्नेबारे संवेदनशील हुनुपर्ने एलिनाको तर्क थियो।
अर्का सहभागी दया दुदराज आफ्नो अनुभूति सुनाउँदै गर्दा सम्हालिन सकेनन् । दलित समुदायका उनले गाउँमा भोगेको विभेददेखि समाजिक सञ्जालमा जातको आधारमा सामना गर्नुपरेको अपमानसम्म उल्लेख गरे।
‘सामाजिक सञ्जालमा अहिले पनि जातले कति प्रभाव पारेको छ भने मलाई पत्रकार भनेर मात्र पुग्दैन । उसलाई पछाडिको जात हेरेर जोड्न भ्याइसकेको हुन्छ’, दुदराजले भने, ‘कुनै समाचार सेयर गर्यो भने त्यसको कमेन्टमा 'सानो जातको सानै बुद्धी' भनेर आइहाल्छ । फाहोर शब्दको त कुरै नगरौं।'
सामाजिक सञ्जालले कैयौं विषय बाहिर लिए पनि कैयौं दलित समुदायसँग इन्टरनेट त परको कुरा मोबाइलसको समेत पहुँच नभएको उनले उल्लेख गरे । उनले डिजिटर मिडियामा सार्वजनिक चासो भन्दा पनि सरोकारको विषयलाई प्रथामिकता दिनुपर्ने बताए ।
विराटनगरकी अस्वीकार निरौलाले जात व्यवस्थाको अन्त्य भए पछि उत्पीडित र दलित समुदायकाहरुले बेरोजगारीका समस्या भोग्नुपर्ने बताइन्। ‘पछाडि परेको, इन्टरनेटमा पहुँचबाट वाहिर भएको समुदायले समय अनुसारको क्षमता विकास गर्ने अवसर नपाउदा भोलिको दिनमा रोजगारीबाट वञ्चित हुने खतरा देखेको छु । त्यसैले कसरी अवसरबाट वञ्चितहरुलाई अवसरको सृजना गर्ने भन्नेबारे सरकारले सोच्न जरुरी छ,’ उनले भनिन्।
ओखलढुंगाकी दिव्या गुरुङले डिजिटल मिडियामा उत्पीडित तथा सिमान्तकृत समुदायको अपेक्षित सहभागिता नहुँदा उनीहरुको स्टोरी नआएको र जसले गर्दा उनीहरुको पक्षमा बोल्न पनि गाह्रो हुने अवस्था सिर्जना भएको बताइन्।
उता बाराका रोहन यादवले डिजिटल मिडियामा पनि मधेशी समुदायका मानिस र भाषालाई हास्यपदको रुपमा देखाउदा दुःख लाग्ने बताए ।
दृष्ट्रिविहिन लक्ष्मी नेपालले भनिन्, ‘कसैले गाली गर्न चाह्यो भने अपांगता भएका व्यक्तिहरुलाई जोडेर गाली गर्ने प्रचलन छ । जस्तो कि लंगडो सरकार, अन्धो सरकार । यस्तो गर्दा मानसिकताम नराम्रो असर पुर्याउँछ।’
'कास्ट कन्भर्सेसन' टेलिभिजन कार्यक्रममा जात र डिजिटल विभाजनमाथि उनै सात युवाले थप कस्ता विचार व्यक्त गरे ? पढ्नुस्-
दिपा राई, संखुवासभा
अहिले भन्छन् नी सोसल बटरफ्लाइ म त्यस्तै छु । यदि एक दिन इन्स्टाग्राममा स्टोरी पोस्ट गरेन भने मेरो साथीहरुले सन्चो छैन भनेर अनुमान लगाउँछन्। म सामाजिक सञ्जालमा निकै नै सक्रिय छु।
डिजिटल मिडियाको मेरो एउटा अनुभव सुनाउन चाहन्छु - ४० वर्षपछि मेरो वुवा गाउँ जानुभएको थियो । म पनि बुसँगै गएको थिएँ । हामी आफ्नो मान्छे खोज्न गएका थियौं र भेटेपछि थाहा भयो मैले गलत जात लेखिरहेको रहेछु। म याख्खा नभएर कुलुङ राई रहेछु भनेर थाहा पाउनेबित्तिकै मेरो इस्टाग्रामको नाम सच्याएँ । मैले आदिवासी समुदायको खुला बहसको कार्यक्रममा उक्त कुरा शेयर गरेको थिएँ । आफ्नो संस्कृति, आफ्नोबारे सिक्ने क्रममै छु ।
मेरो कम्युनिटिको पत्रकार दाइले मसँग कुरा गर्नुभयो र मेरो अनुमतिविना फोटोसहित मेरो विचार फेसबुकमा राख्नुभयो । त्यसमा मेरो त्यति धेरै गुनासो त छैन तर, त्यो पोस्टको कारण मेरो बुवामाथि आक्रमण भयो । कस्तो मान्छे हो जसलाई आफ्नो जातबारे नै थाहा छैन, यस्ताले छोराछोरीलाई के सिकाउँछ जस्ता तुच्छ गालीहरु आए । मैले त्यसबारे केही कमेन्ट नै गर्न सकिनँ । जुन मेरो दिमागमा अहिलेसम्म गढेर बसेको छ ।
मेरा केही साथीहरु छन् जसले लैंगिक अल्पसंख्यक समुदायमाथि राम्रो धारणा राख्दैनन्, उनीहरुको झण्डा तानेर जुत्ताले कुल्चिएको फोटो हालिरहेका हुन्छन् । मैले त्यस्ता थुप्रै मानिसलाई अनफलो गरिसकेँ । तर, कतिलाई गर्ने? म यस्तो सर्कलमा छु तर, उनीहरुलाई एजुकेट गर्न छैन भनेर ग्लानी भइरहन्छ। मैले एड्भोकसी त गरिरहेको छु तर, पुगिहेको छैन। मेरो दशै त यस्तै विषयमा भ्वाइस मेसेज गरेर डिबेट गर्नमै जान्छ।
त्यस्ता मानिसहरुका हरके पोस्ट ले मेरो भ्यालु र आइडेन्टिटी(पहिचान)माथि प्रश्न उठाइरहको हुन्छ। तर, मैले निरन्तर बहस गरिनै रहन्छु, यसबारे एड्भोकेट गरि नैरहन्छु । डिजिटल डिभाइसले जात प्रथालाई कसरी प्रोत्साहन गरिहेको छ भने जे जे कुरा हाम्रो फिजिकल लाइफमा हुन्छ त्यो नै अनलाइनमा भइरहेको हुन्छ । चाहे त्यो हिंसा होस्, चाहे सचेतनाको कार्यक्रम र क्याम्पेनहरुनै किन नहोस् ।
डिजिटल विषय जातसँग अझ बढी कसरी जोडिछ भने सुचनाको हकलाई संविधानले आधारभुत अधिकारको रुपमा राखेको छ। तर, त्यो व्यवहारमा देखिदैन । जस्तै सुचना विभागले गेरेको पोस्ट कसरी हेर्ने, कसले हेर्ने, डिभाइस नहुनेले के गर्ने ? सबैले नेपाली भाषा पनि बुझ्दैनन् । यसको जड शिक्षा र आर्थिक अवस्थासँग जोडिन्छ। आर्थिक कारणले शिक्षा लिन पाएको छैन र शिक्षा नभएको कारण उ डिजिटल मिडियासम्म पनि पहुँच सकिरहेको छैन । यो किन भइरहेको छ भने जसरी तिमीहरुले त जुत्ता मात्र सिलाउने हो, कपडा सिलाउने हो, तिमीहरु अर्काको घरमा कमरा बस्ने हो भनेर कामलाई लेवलिङ गरेपछि कसरी उनीहरुको आर्थिक रुपमा अगाडि आउन सक्छन् ? तर, उत्पीडित समुदायबाट एक दुई जना धनी मानिसहरु आएपछि उनीहरुको अपवादलाई लिएर कोटा सिस्टम हटाउनु भन्ने कुरा पनि पनि डिजिटल मिडियामै भएको छ।
अहिले डिजिटलमा महुँच हुनु पनि प्रिभिलेज(विशेष अधिकार) हो। कोही किन पछि छ र कोही किन अघि भन्ने कुरा नीति निर्माणमा भर पर्ने हो । मेरो समास्याबारे वाहिर ल्याउन त मेरो समुदायको मानिस नीति निर्माण तहमा जानुपर्यो नी।
दया दुतराज, धादिङ
सामाजिक सञ्जालमा के कुरा राख्ने र के कुरा नराख्ने भन्ने विषयमा आफू जानकर हुनुपर्छ जस्तो लाग्छ।
कुन कुरा सबैले हेर्ने हो र कुन विषय आफुले मात्र प्रयोग गर्ने हो भन्ने विषयमा स्पष्ट हुनुपर्छ। लिंकडिन, फेसबुक र ट्वीटरमा के राख्ने भन्ने कुरामा स्पष्ट भएर राख्यो भने त्यसले कसैलाई हानी गर्छ जस्तो मलाई लाग्दैन । तर, अहिले त फेसबुकलाई सूचनाको स्रोत मान्ने चलन भइसकेको छ।
जसमा उसले चाहेको कुरा राख्छ, छानिएको सूचनाको भिडियो क्लीप राख्छ र त्यसबाट वाहिवाहि पाउँछ । के यसले यसरी सत्य सूचना आउँछ त? यसमा गम्भीर प्रश्न उठिसकेको छ।
सामाजिक सञ्जालमा अहिले पनि जातले कति प्रभाव पारेको छ भने मलाई पत्रकार भनेर मात्र पुग्दैन। उसलाई पछाडिको जात हेरेर जोड्न भ्याइसकेको हुन्छ । कुनै समाचार सेयर गर्याो भने त्यसको कमेन्टमा सानो जातको जानै बुद्धि भनेर आइहाल्छ।
फाहोर शब्दको त कुरै नगरौं । मैले नागरिकतामा दुतराज छ तर, यो कामी नै कामी नै लेख्नुपर्छ भन्ने जस्तो प्रतिक्रिया आउँछ । हामी ठूल्ठूला सेलिब्रिटीको त कमेन्ट देखिन्छ। तर, भर्खर आएका इन्फ्लुयन्सरहरुले त्यसैको स्क्रीनसट गरेर हालिदिन्छन्। ह्याप्पी बर्थ डेको स्पेलिङ पनि राम्रोसँग लेख्न नजाान्नेले उसको जातसँग जोडेर गालि गर्न भ्याइसकेको हुन्छ। सामाजिक सञ्जालमा मान्छेहरु छानिएर आएका हुँदैनन् । जति छान्न खोजे पनि सकिदैन । हिजोसम्म राम्रो भएको मान्छे अहिले नराम्रो भइदिन पनि सक्छ ।
मेरा साथीहरुले अहिलेको समयमा विभेद छैन भन्छन् । हेर तिमीसँग बसेर खाइरहेको छु भन्छन् । उसलाई थाहा छैन की विभेद छैन भन्नु पनि विभेद हो । यसो भन्दा मलाई हर्ट भैरहेको हुन्छ । त्यो उनीहरु बुझ्दैनन् ।
म सानै छँदा मेरो ममी नेवार समुदायको एकजनाको मेलामा जानुभएको थियो। म पनि पछिपछि लागे । घरमा खाजा लिन भनेर त्यही घरको दाइसँग पछिपछि गएको थिएँ । भित्र अजि रोटी पोल्दै हुनुहुँदो रहेछ । मलाई के थाहा दाइसँगै घरभित्र छिरिहालेँ । अजिले झिरले पोलिदिनुभएको दाग अहिले पनि छ।
पछि बुझ्ने भएपछि यसले घटनाले मानसिक रुपमा झन् अप्ठ्यारो पार्यो। त्यो घटना बाहिर ल्याउन पनि सकिन। भन्न खोजेको कतिपय घटनाहरु इन्टरनेटको माध्ययमबाट बाहिर आएका छन् र पीडकमाथि कारवाही पनि भएको छ। कतिपय रेप भिक्टिमहरु यसरी आएका छन् । मेरो गाउँका दलित समुदायको कुरा गर्ने हो भने इन्टरनेट त परको कुरा मोबाइलसम्मको पहुँच छैन । र, यसको जड भनेको जकडिएर रहेको जात व्यवस्थाकै कारणले हो भन्ने लाग्छ।
अहिले डिजिटल मिडियामा सार्वजनिक चासोका विषय मात्र आइरहेका छन्। तर, जनसरोकारको विषयलाइ प्रथामिकता दिनुपर्छ जस्तो लाग्छ मलाई । तर, जुन बढी बिक्छ त्यही हालिरहेको जस्तो देखिन्छ। पैसा आउने भएर पनि हो की ! नवराज विकको मुद्दा राष्ट्रिय मुद्दा बन्यो, सबैले हाले। तर, अन्तरजातीय बिहे गर्ने क्रममा मारिएका काभ्रेको अजित मिजारको शव १० वर्षदेखि टिचिङ अस्पतालको शवगृहमा छ । त्यसको कसैलाई मतलव छैन।
रोहन यादव, बारा
मेरा केहि सिमित सामाजिक सञ्जालमा सहभागि छु। जे हेर्यो त्यही अल्गोरिदमले आइराख्ने भएकाले त्यति धेरै चलाउँदैन । तर, दुई तीन वटामा चाहीँ हुनै पर्ने बाध्यता भएकाले चलाउँदै आएको छु।
मैले कही इभेन्टमा गएको, बोलेको र छलफल गरेका कुराहरुलाई सामाजिक सञ्जालमा राख्दै आएको छु। सामाजिक सञ्जालको सदुपयोगको लागि पछिल्लो समय डिजिटर मिडिया लिटरेसी फैलाउने क्याम्पियनहरुमा सहभागी भएँ । गुड गभर्नेस सम्बन्धी काम गरे र त्यसम्बन्धी पोस्ट र भिडियोहरु पनि राखें।
अहिले वातावरणीय मुद्दासँग सम्बन्धित रहेर हावा बदलौ भन्ने अभियानमा छु । धेरै जसो प्रोफेस्नलहरु कन्टेन्ट राख्ने गरे पनि इन्स्टाग्राममा केही व्यक्तिगत कुरा पनि राख्छु । समकालीन घटनाहरुसँग जानकारी लिन र परिवर्तनहरकोबारेमा जान्नका निम्ति मैले बढी डिजिटल मिडियाको प्रयोग गर्छु ।
म मधेशी समुदायबाट आएको युवा हुँ । तर, केही कन्टेन्टहरु यस्ता हुन्छन् जसले मलाई निकै असहज हुन्छ । जस्तो की धोती, बिहारी जस्ता शब्दहरु प्रयोग गरेर सम्बोधन गर्दा मलाई असहज लाग्छ। हामी भोजपुरी, मैथिली बोल्छौं र संविधानले नेपालमा बोलिने हरेक भाषालाई राष्ट्र भाषा भनेको छ।
तर, यस्ता भाषाहरु मुलधारमा हास्यास्पद रुपमा र ठट्यौलीको रुपमा प्रयोग गरिन्छ । हसाउनको लागि कसैलाई अपमान गर्न त मिल्दैन नी । हामीले नेपाली बोल्दा केही फरक सुनिन्छ तर, त्यसलाई सामाजिक सञ्जालहरुमा जोक बनाइएको हुन्छ। कमेन्ट हेर्दा झन् डरलाग्दो हुन्छ । यस्तो देख्दा निकै दुःख लाग्छ ।
आजको मानिसहरले या नयाँ पुस्ताले त्यस्ता भिडियो वा पोस्ट हेर्यो भने हामीप्रति उसले कस्तो धारणा बनाउँछ र कुन दृष्ट्रिकोणले हेर्छ भन्ने महत्वपूर्ण कुरा हो । बोल्दाको हाउभाउ उस्तै हुन्छ, मुखमा कालो पोतेर मिडियामा आइरहको हुन्छ। डिजिटल मिडियाले यस्तो विभेदलाई हटाउनुको साटो कतै बढवा त दिइरहेको छैन? पटक पटक यस्तो अनुभूति हुन्छ ।
संविधानले १० कक्षासम्म सबैलाई नि:शुल्क शिक्षा र दलित समुदायलाई सम्पूर्ण शिक्षा नि:शुल्क हुने भनेको छ। तर, यस्ता कुराहरु जनतासम्म पुग्न सकेको छैन । सम्बन्धित निकायले यस्ता कुरा आफ्नो वेभसाइटमा त राख्ला तर, दुरदराजका मानिसहरूले त्यसलाई कसरी हेर्ने ? त्यसैले समस्या कार्यान्वयनमा रहेको छ। डिजिटल पहुँचको कुरा गर्दा पनि एक्सेसिविलिटी विथ् मनिटरिङमा जानुपर्ने हुन्छ । मनिटरिङ हुनुपर्यो की सूचना कसले पाइरहेका छन् कसले छैनन् र जसले पाइरहेका छन् त्यो सरकारको टार्गेट ग्रुप हो की होइन ?
दिव्या गुरुङ, ओखलढुंगा
मैले फेसबुक ट्वीटर, थ्रेड्सदेखि लिंकडिनसम्मको डिजिटल मिडिया चलाउँदै आएको छु। सामाजिक सञ्जालमा मैले आफ्नो फोटो र व्यक्तिगत कुरा निकै कम राख्छु । बिस्तारै मैले इन्डीजिनियस एथनिकसम्बन्धी कन्टेन्टहरु बढी हाल्न थालेको छु । जस्तो कि किन गाइजात्रा सेलिब्रेट गर्ने, यसको सामाजिक मुल्य के हो ? तर, सोसल मिडियामा सेन्टिमेन्टका लागि अरुको भ्यालुलाई ख्याल नगरेर पनि कन्टेन्ट आइरहेका हुन्छन् । सेन्टिमेन्टका लागि पनि घर घरमा गएर अनावश्यक र चरित्रहत्याका कुराहरु लिइरहेका हुन्छन् । यस्तो कुराले गलत न्यारेटिभ सेट गरिरहेजस्तो लाग्छ ।
डिजिटल मिडिययामा यौन दुर्व्यवहार , यौनहिंसा, बलात्कार र महिलाको कुरामा मानिसहरुले डार्क ह्युमरको प्रयोग गरिहेको पनि देखिन्छ । अपांगता भएका व्यक्तिहरुमाथि पनि यस्तै बिम्बहरूको प्रयोग गरेको देख्दा मेरो मानसिकतामा असर पार्छ। यस्तो कार्य गलत हो भनेर लेख्यो भने एउटा समुहले उल्टै प्रश्न गर्छ – यदि तिमीले सबै कुरालाई पचाउँदैनौ भने तिमी किन सामाजिक सञ्जालमा छौ।
डिजिटल रुपमा पनि सबै मानिसहरुको समान पहुँच छैन । उत्पीडित समुदाय र अण्डर प्रिभिलेज जातीय समूहरुको कुराहरुले अझै पनि डिजिटल मडियामा त्यति स्थान पाइरहेको छैन । जसले गर्दा उनीहरुको सहभागिताविना उनीहरूको स्टोरी आउँदैन। भेटिँदैन। जसले गर्दा उनीहरुको बारेमा बोल्न पनि सक्ने अवस्था छैन ।
अस्वीका निरौला, विराटनगर
म एक समय टिकटकमा निकै सक्रिय थिएँ। मैले टिकटकबाट सामाजिक विषयको धेरै ज्ञान पनिहाँसिल गरे । टिकटकले समाजिक सचेतनाको काम पनि गरेजस्तो लाग्छ। तर, अहिले चाही सामाजिक सञ्जाल प्राय मनोरञ्जनको रुपमा प्रयोग गर्छु।
म ब्राह्मण समुदायबाट आएको हुँ । तर, म सानो हुँदादेखि नै जात र मधेशलाई जोकको पात्र बनाइन्थ्यो । मधेशी समुदायको भैया भनेर सम्बोधन गरिन्थ्यो । त्यत्रो बर्षदेखि यसलाई कसैले रोक्न प्रयास गरेको देखेको छैन । ता की काठमाडौंमा नेवार समदायमाथि सामान्य बोल्दा पनि हिरासतसम्म पुर्याइयो।
यहाँ संरचनागत बेरोजगारीको कुरा पनि आइरहेको छ। पछाडि परेका, इन्टरनेटमा पहुँचबाट वाहिर भएका समुदायले आफुले क्षमता विकास गर्न नसक्दा उनीहरुले भोलि जागिरबाट वञ्चित हुने खतरा पनि उत्तिकै देखेको छु। कुनै समय जात प्रथा हटेर गए पनि उत्पीडित समुदायका मानिसहरुमा वेरोजगारीको समस्या भयंकर हुन्छ जस्तो लाग्छ। त्यतिबेला कसलाई आरोपित गर्ने । त्यसैले कसरी अवसरबाट वञ्चितहरुलाई अवसरको सृजना गर्ने भन्नेबारे सरकारले सोच्न जरुरी छ।
लक्ष्मी नेपाल, भक्तपुर
आजभोलि सामाजिक सञ्जालमा नदेखिए कहाँ हरायो भन्ने प्रचलन छ । शुरु शुरुमा मैले जे पनि पोस्ट गर्ने गर्थे । विस्तारै सामाजिक सञ्जाललाई सचेतनाको रुपमा प्रयोग गर्न थालें । महिला, अपांगता अधिकार र आन्दोलनको विषयमा के भइरहेको छ भन्ने जानकारीको लागि डिजिटल मिडियाको प्रयोग गर्दै आएकी छु । अहिले त समाचारहरुको लिंक पनि सामाजिक सञ्जालमै आइरहेका हुन्छन्, विभिन्न मुद्दाहरुमा वहस हुन्छन् । मैले सूचनाको स्रोतको रुपमा यसलाई प्रयोग गर्छु । म दृष्टिविहिन भएकाले छापिएको अक्षरहरु पढ्न नसक्ने भएकाले पनि डिजिटल मिडिया सजिलो पनि भएको छ ।
सामाजिक सञ्जालमा मिस इन्फरमेसन र डिसइन्फरमेसनको शिकार पनि भइन्छ । शुरुशुरुमा म आफैले पनि अनावश्यक कुराहरु राखे हुँला । तर, अहिले महिला र अपांगता अधिकारसम्बन्धी आन्दोलन र बहसहरुको फोटो भडियो राख्छु।
मानिसहरुले यसको आशा पनि गर्न थालेका छन् । कतिपयले अपांगता भएकाहरुले पहिले अभिभावकबाटै नराम्रो व्यवहार भोगेको र तपाईको पोस्ट आएर सम्झाएपछि उनीहरुको व्यवहारमा परिवर्तन आएको समेत भन्नुहुन्छ। त्यसैले मैले सचेतना, अपांगतासम्बन्धि कन्टेन्ट र मैले गरेका प्रिजेन्टेसनहरु हाल्ने गर्छु । जसले गर्दा समाजमा सबैले समान अवसर पायो भने हरेक मानिसले गर्न सक्छ भन्ने भावना सञ्चार पनि गरेको पाएको छु।
कसैले गाली गर्न चाह्यो भने अपांगता भएका व्यक्तिहरुलाई जोडेर गाली गर्ने प्रचलन छ। जस्तो की लंगडो सरकार, अन्धो सरकार । यस्तो गर्दा मानसिकताम नराम्रो असर पुर्याउँछ। यस्ता विषयहरु सार्वजनिक रुपमा सामाजिक सञ्जाल र समाचारहरुमा पनि आउँछन् । कसैले वहिष्कारको विषय देखाउन पर्यो भने पनि अपांगतालाई जोडेर न्यारेटिभ गरिन्छ। र, जात र यसको प्रभाव पनि सामाजिक सञ्जालमा आइरहेकै हुन्छ । मानिसहरुले सिमान्तकृत के कारणले भयो भन्ने बुझ्दैनन् । उल्टै आक्षेप लगाउने गर्छन् । जो दलित समुदायको अपांगता छ, उत्पीडित समुदायको कुरा आउँदा उनीहरु थुप्रैसँग डिजिटल डिभाइस अफोर्ड गर्ने अवस्थाा पनि छैन।
एलिना गुरुङ, काठमाडौं
मेरो प्राय सबै डिजिटर एपको अकाउन्ट छ । तर, सबै चलान सम्भव छैन । मैले कन्टेन्ट मैले सर्टस र कमेडिबाट सोसल मिडिया कन्टेन्ट बनाउन शुरु गरेको थिएँ । पछि थुप्रै संघसंस्थाहरुसँग मिलेर काम गर्ने मौका पनि पाएँ। त्यसपछि सामाजिक सचेतनाका कन्टेहरु पनि निर्माण गर्न थाले । पहिलो कमेडी भए पनि विस्तारै सामाजिक सचेतना र विभिन्न मुद्दामा केन्द्रित रहेर कन्टेन्टहरू निर्माण गर्न थालेको छु ।
तिमीले कस्तो विषय सामाजिक सञ्जालमा राख्छौ भन्ने कुरा तिमले के गर्न चाहिरहेको छौ र अडियन्सलाई के देखाउन खोजिरहेको छौ भन्ने कुरामा पनि भर पर्छ। हामीले कुनै कुरा राख्द खेरि सूचना सही छ कि छैन भनेर पनि संवेदनशील हुन जरुरी हुन्छ। कुन कुरा बाहिर ल्याउने र कुन कुरालाई निरुत्साहित गर्ने भन्नेबारे सचेत हुनुपर्दछ ।
लैंगिकताको कुरामा, उत्पीडित र सिमान्तकृत समुदायको कुरा गर्दाखेरी जहिले पनि खराब प्रतिक्रिया आउने गरेका छन्। ब्याड्ली म्यासेज र कमेन्टहरु आइरहेका हुन्छन् । यौन हिंसाबारे बोल्दा त्यस्तै खराब प्रतिक्रिया आउँछ। त्यस्ता कुराहरुलाई मलाई निकै खराब असर पार्ने गर्छ । उहाँहरुलाई त्यो कुरा थाहा छैन की मलाई यस्तो कुराहरुले बोल्न गाह्रो भइरहेको छ।
उनीरुले उल्टै भनिरहेका हुन्छन् की हामीले नै तिमीहरुलाई यो स्थानमा पुर्याएका हौं। तर, म के भन्छु भने तिमीलाई जतिसुकै असर परोस् आफ्नो कुरा राख, किन चुप बसेको बोल बोल भनेर अडियन्सबाट दवाब पनि आइरहेको हुन्छ।
हामीले उत्पीडित र सिमान्तकृत समुदायको राज्यमा प्रतिनिधित्व नै छैन भनिरहेका छौं । त्यो किन छैन र के कारणले उनीहरु माथि आउन सकिरहेका छैनन् भनेर निकै कम मन्थन गरेका हुन्छौं । कसैले भन्छ क्षमता भएको मानिस नै नभएर यसो भएको हो । उहाँ किन अगाडि आउन पाइरहनुभएको छैन भनेर हामीले रिकग्नाइज गर्ने कि नगर्ने? उहाँहरुको प्रतिनिधित्वबारे प्रिभिलेज मानिसले बोलेर पुग्दैन । भुँइ तहकै मानिसहरुले आएर उनीहरुले आफ्नो समस्या राख्ने वातावरण हुन जरुरी छ।