Kathmandu Press

रेडियो नेपालले हटायो बाबुराम भट्टराईको अन्तर्वार्ता 

काठमाडौं, वैशाख १५ : रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ता हटाएको छ।

सोमबार बिहान साढे ६ बज....

रेडियो नेपालले हटायो बाबुराम भट्टराईको अन्तर्वार्ता 

काठमाडौं, वैशाख १५ : रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ता हटाएको छ।

सोमबार बिहान साढे ६ बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा समचार प्रमुख डा. नवराज लम्सालले भट्टराईसँग कुराकानी गरेका थिए। जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले प्रयोग गरेको भाषा र विचारसँग असन्तुष्ट रहेको भन्दै अन्तर्वार्ता हटाइएको हो।

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताएका छन्।

सोमबार कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ।'

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, वैशाख १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्