Kathmandu Press

कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड टेष्ट

कञ्चनपुर, वैशाख १५ : कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ।

गत ....

कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड टेष्ट
फाइल फोटो

कञ्चनपुर, वैशाख १५ : कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ।

गत चैत २७ गतेदेखि शुरु गरिएको र्‍यापिड टेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ। पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ। 

भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी ¥यापिड टेष्ट गरिएको छ। तेस्रो मुलुकबाट फर्केका र कोरोनाको संक्रमण दर उच्च रहेका भारतीय शहर मुम्बै, दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिको ¥यापिड टेष्ट गरिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेत र्‍यापिड टेष्ट गरिएको छ।

भीमदत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको ¥यापिड टेष्ट विधिबाट परीक्षण गरिएको छ। यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाउँपालिकामा ६२ र बेलडाँडी गाउँपालिकामा २६ जनाको पनि टेष्ट गरिएको छ। 

कतार, दुवइ, साउदी अरेबिया, मलेसियालगायत मुलुकबाट आएका व्यक्तिसँगै भारतको कोरोना संक्रमणको दर उच्च रहेका मुम्बै, नयाँ दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिहरु, नेपालको काठमाडौँ, ओखलढुङ्गालगायत क्षेत्रबाट फर्केका व्यक्तिसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको ¥यापिड टेष्टको कार्यसमेत गरिएको छ।

आइतबार मात्रै शुक्लाफाँटामा १२०, बेलौरीमा २४, बेदकोटमा ७१, भीमदत्तमा ४०, पुनर्वास नगरपालिकामा १४५ जनाको ¥यापिड टेष्ट गरिएको थियो। टेष्ट गरिएका सबैजनाको नतिजा नेगेटिभ रहेको छ।

जिल्लामा हालसम्म २०५ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिएको छ। जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ। रिपोर्ट आएकामध्ये एकजनामा पोजेटिभ देखिएको थियो । उनी उपचारपछि निको भएर घर फिर्ता भइसकेका छन्। अन्यको नतिजा नेगेटिभ आएको छ। स्वाब संकलन गरिएका मध्ये दुईजनाको रिपोर्ट आउन बाँकी रहेको छ।

कञ्चनपुरमा रहेको ६०६ श्ययाको क्वारेन्टाइनमा छजना महिलासहित १५६ जनालाई राखिएको छ। स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा बाह्य मुलुकबाट आएका व्यक्तिको र्‍यापिड टेष्टको कार्य शुरु गरिएको छ। तेस्रो मुलुकबाट जिल्लामा चैत महिनामा भित्रिएका १३० जना व्यक्ति रहेका छन्।

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, वैशाख १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्