Kathmandu Press

रघुजी पन्तो आरोप- जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ 

सांसद पन्तले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए।
रघुजी पन्तो आरोप- जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ 

काठमाडौं, माघ २४ : नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरे। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गरेका हुन्। 

Hardik ivf

‘रमाईलो दृश्य संसद सुरु हुने वित्तिकै देखिन थालियो। जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङख्याङ आज मिलेको देखियो वास्तवमा नै रमाईलो छ,’ सांसद पन्तले भने।

उनले अध्यादेशलाई निकै आक्रमण गरेपनि संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि  र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताए। 

सांसद पन्तले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए।

‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो। ६ वटा अध्यादेशमा २९ वटा कानुनहरुको संशोधन प्रस्ताव अगाडि सारिएको छ,’ उनले भने, ‘तर ती संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि पुग्छ? कुन दफाले नागरिक अधिकार खोस्छ? एउटा पनि उदाहरण दिन सक्नुभएन। यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन।’

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्