Kathmandu Press

रविमाथि सरकारले अन्याय गरेको छ, संसदको निलम्बन फुकुवा गरियोस् : सांसद गौतम 

उनले अन्य कानूनहरुको प्रयोग गरी  रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताइन्।
रविमाथि सरकारले अन्याय गरेको छ, संसदको निलम्बन फुकुवा गरियोस् : सांसद गौतम 

काठमाडौं, माघ २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेकी छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य कानूनहरुको प्रयोग गरी  रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताएकी हुन्।

Hardik ivf

‘यो सरकारलाई लोकतन्त्रको सम्झना आए छ, पाँच महिनाको अन्तरालपछि भए पनि संसद खोल्ने जमर्को गरेछ । यो संसद सरकारबाट  गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको हो की भन्ने गम्भिर प्रश्नहरु बोकेर  आएको छ। गत संसदीय निर्वाचनमा सबैभन्दा फराकिलो मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेलाई राज्यले झुटो अभियोग लगायो,’ उनले  भनिन्, ‘संसदलाई फलानो अभियोग दर्ता भएपछि त संसद पद निलम्बन हुन्छ नि भनेर पत्र लेख्यो र संसद सचिवालयले विशेष अधिकारको वास्ता नगरी अन्य कानुनमा टेकेर सासंदको पद निलम्बनको सूचना टाँस नै गर्यो । अन्य कानूनको प्रयोग गरी संसद पद निलम्बन गर्नु कानून विपरित छ त्यसैले सांसद पद फुकुवा गर्न विनम्र आग्रह गर्दछु।’

उनले कानूनलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग नगर्न समेत आग्रह गरिन् । उनले जहाँ संसद लोकतन्त्रको रक्षक हुनुपथ्र्यो त्यहीबाट अन्यायको  समर्थन भएको बताइन्।

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्