नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण– मेरो आदर्शप्रति प्रश्न उठाइयो
गृहमन्त्री लेखकले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताए।-1738847330.jpg)
काठमाडौं, माघ २४ : गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैं रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल रहेको भन्दै यस विषयमा प्रतिबद्ध रहेको बताए।
‘नेहा रौनियार र सत्यन्द्ररामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरु र सदनमा सदस्यहरुले उठाउनु भएको विषयमा मेरो ध्यान गम्भिर रुपले गएको छ । यस विषयमा म र मेरो मन्त्रालय संवेदनशिल रहेको छ। नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल छ,’ उनले भने, ‘म अत्यन्त धेरै संवेदनशिल छु। म कुनै पनि प्रकारको जातिय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु र रहेको छु। म यसमा अहिले पनि र जीवभर प्रतिबद्ध रहेको कुरा जानकारी गराउन चहान्छु।’
गृहमन्त्री लेखकले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताए।
‘वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु, उनले भने, अन्तरजातिय विवाह बारे देशमा पटक पटक विषय उठ्ने गरेका छन्,’ उनले भने, ‘अन्तरजातिय विवाहलाई कानूनले नै मान्यता दिएको छ उक्त कानूनी विषयलाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय हो। गृहमन्त्रालय कानूनी व्यवस्थालाई अक्षरस कार्यान्वयन गराउन प्रतिबद्ध छ।’
उनले आफू मात्र होइन आफ्नो पार्टी नेपाली कांग्रेस पनि जातीय विभेद र छुवाछुत विरुद्ध रहेको बताए।












