Kathmandu Press

राष्ट्रिय सभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन’ विधेयक पेस

राष्ट्रिय सभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन’ विधेयक पेस

काठमाडौं, माघ २४ः राष्ट्रिय सभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस भएको छ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक पेस गरेकी हुन्। यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस गरे।

Hardik ivf

शिक्षामन्त्री भट्टराईले राष्ट्रिय सभा बैठकमा विधयकको पेश गर्नेक्रममा वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परीक्षणमा सहयोग पुर्याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक रहेको बताएकी थिइन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि नेपालभित्रकै विभिन्न नदी तथा तालहरुमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आइरहेको बताउँदै व्यवस्थापन र नियमन गर्ने प्रस्ताव विधेयकमा राखिएको बताए।

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्