Kathmandu Press

प्रधानमन्त्रीलाई प्रचण्डको कटाक्ष- आपसी विश्वास कायम राख्नुस्, कुर्सी छाड्छु भनेर दिनैपिच्छे कसम खाइराख्नु पर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीलाई प्रचण्डको कटाक्ष- आपसी विश्वास कायम राख्नुस्, कुर्सी छाड्छु भनेर दिनैपिच्छे कसम खाइराख्नु पर्दैन

काठमाडौं, माघ २४ः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्डले उक्त आग्रह गरेका हुन्। संसदमा प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो, ढलेँ, ढलेँ, ढलेँ। तपाईंहरूसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु। भनेको भन्दा ७ दिनअघि छाड्छु भन्नुपर्छ त? तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुनपर्ने। के शेरबहादुरजीले सुन्नु हुन्न र?’

Hardik ivf

कांग्रेस सभापति शेरबहादुर देउवाका कान र आँखा तगडा भएको बताउँदै सरकारबारे धेरै भनिरहन नपर्ने सुझाव पनि प्रचण्डले दिए। उनले सरकार आफ्नै बोझले ढल्ने दाबी समेत गरे।

‘त्यसैले हाम्रो कारणले तपाईंहरूले एक अर्काको कुर्सी मिलाइराख्नु पर्दैन। हामी एक ठाउँमा छौं भन्ने देखाइरहनु पर्दैन। प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताहरूको कुर्सी मिलाइराख्नुपर्दैन। हामीसँग हरेक दिन यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइराख्नु पनि पर्दैन,’ प्रचण्डले भने।

प्रचण्डले ०८४ पछि पनि सँगसँगै अघि बढ्न कांग्रेस–एमालेलाई शुभकामना समेत दिए। अर्को प्रसंगमा रास्वपा सभापति रवि लामिछाने निर्दोष रहेको बताउँदै रास्वपा सभापति लामिछानेविरुद्ध प्रतिशोध साँधेको दाबी समेत गरे। लामिछानेलाई अदालतले पुर्पक्षका निम्ति थुनामा नपठाएपछि सांसद पदमा निलम्बन संवैधानिक नभएको भनाई समेत राखे।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्