Kathmandu Press

इटालीमा मे ४ देखि लकडाउन खुकुलो हुँदै

काठमाडौं, वैशाख १५ : इटालीमा मे ४ देखि लकडाउन खुकुलो हुने भएको छ। लकडाउन खुकुलो पार्ने नयाँ रणनीति अपनाएसँगै अब, मानिसहरुले सानो संख्यामा आफन्तहरुसँग ....

इटालीमा मे ४ देखि लकडाउन खुकुलो हुँदै

काठमाडौं, वैशाख १५ : इटालीमा मे ४ देखि लकडाउन खुकुलो हुने भएको छ। लकडाउन खुकुलो पार्ने नयाँ रणनीति अपनाएसँगै अब, मानिसहरुले सानो संख्यामा आफन्तहरुसँग भेटघाट गर्न पाउने भएका छन्।

मार्चयता मृतकको संख्यामा कमी आएपछि इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले लकडाउन खुकुलो पार्ने बताएका हुन्। आइतबार इटालीमा कोरोना भाइरसबाट २ सय ६० जनाले ज्यान गुमाएका छन्। यो संख्या मार्च १४ यताको सबै भन्दा कम संख्या हो। 

इटालीमा कोरोना भाइरसबाट १ लाख ९७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। त्यस्तै २६ हजार ६ सय ४४ मानिसको मृत्यु भइसकेको छ।

४ मेबाट पार्कहरु खुला हुनेछन् भने मानिसहरुले बाह्य वातावरणमा गएर व्यायाम एवं अभ्यास गर्न पाउने छन् । सीमित संख्यामा मानिसहरु घर बाहिर निस्कने पाउने छन्। 

यद्यपी १५ जना भन्दा बढी मानिस भने एउटै कार्यक्रममा सहभागी हुन पाउने छैनन्। मानिसहरु एकै राज्यभित्र भ्रमण गर्न पाउने छन्। तर एक राज्यका मानिसहरु अर्को राज्यमा भने जान पाउने छैनन्।

एजेन्सी

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, वैशाख १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्