अध्यादेशको पक्षमा उभिन सांसदहरुलाई कांग्रेसको ‘ह्विप’

काठमाडौं, माघ २४ः नेपाली कांग्रेसले संदनमा प्रस्तुत हुने ६ वटा अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको हो। दलको बैठकलगत्तै प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई ह्विप लगाएको जानकारीसहित म्यासेज पठाएका छन्।
म्यासेजमा भनिएको छ, ‘आज २४ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो ह्विप जारी गरिन्छ।’
कांग्रेसले राष्ट्रियसभाका सदस्यलाई पनि अध्यादेशको पक्षमा उभिन ह्विप जारी गरेको छ।
प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)