Kathmandu Press

सदनमा आज अध्यादेश निर्णयार्थ पेस नहुने

कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची आज नराख्न आग्रह गरेका छन्।
सदनमा आज अध्यादेश निर्णयार्थ पेस नहुने

काठमाडौं, माघ २४ : संघीय संसदका दुवै सदनमा सरकारले ल्याएका ६ अध्यक्षदेश निर्णयार्थ पेश गर्ने कार्यतालिका थियो। तर, आजको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा आज अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ।

सरकारले गत माघ १८ गते दुवै सदनमा अध्यादेश पेस गरेको थियो।

कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची आज नराख्न आग्रह गरेका छन्। सोही आग्रह पनि आज अध्यादेश सदनमा निर्णयार्थ पेस नहुने भएको हो।

अध्यादेश अस्वीकृत गर्न प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।

संसद बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर अहिलेसम्म सुरू भएको छैन।

अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधिसभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रिय सभामा सत्ता पक्षलाई उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ३ सांसदको साथ चाहिन्छ।

कांग्रेस एमालेले जसपालाई फकाइरहेका छन्। जसपाले निर्णय दिन ढिलाई गरेपछि आजको बैठकमा अध्ययादेशलाई निर्णयार्थ पेश नगरिएको हो।

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्