Kathmandu Press

अध्यादेशका पक्षमा उभिनमा कांग्रेस-एमालेले लगाए ह्विप

सोही अनुसार दुवै दलले अध्यक्षका पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिँदै ह्विप जारी गरेका हुन्। उनीहरुले बैठकमा अनिवार्य उपस्थित हुन भनेका छन्।
अध्यादेशका पक्षमा उभिनमा कांग्रेस-एमालेले लगाए ह्विप

काठमाडौं, माघ २४ : सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप लगाएका छन्।

सरकारले ल्याएका ६ अध्यादेश आज बस्ने दुवै सदनका बैठकमा निर्णयार्थ पेश हुँदैछ। 

सोही अनुसार दुवै दलले अध्यक्षका पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिँदै ह्विप जारी गरेका हुन्। उनीहरुले बैठकमा अनिवार्य उपस्थित हुन भनेका छन्।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ भने प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने तालिका छ। 

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्