Kathmandu Press

रविको थुनछेक बहस सुरु

बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासत पठाइएको थियो।
रविको थुनछेक बहस सुरु

काठमाडौं, माघ २४ : चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बिहीबार पनि सुरु भएको छ।

बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासत पठाइएको थियो। बिहीबार कार्यालय खुल्ने वित्तिकै थुनछेक बहस सुरु भएको हो।

आज जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाबाट शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस गर्नेछन्।

प्रतिवादी रवि लामिछानेकोतर्फबाट बहसका लागि वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले नाम दर्ता भएको छ।

रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । 

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्