कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते, दुई जनाको अवस्था गम्भीर
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।
काठमाडौँ, माघ २४ : कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन्।
घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
सिलिन्डर विस्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।
प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












