Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीति लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । 
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, माघ २४ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीति लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । 

Hardik ivf

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो । 

१८ गते बसेको बैठकमा संघीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरिएको थियो । 

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्