Kathmandu Press

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, माघ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयको गतिविधिबारे आज जानकारी लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्य छिटो अघि बढाउन निर्देशन दिएका हुन्।

Hardik ivf

उनले पदबहालीका क्रममा तीन सय दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने बताएका हुन्।

रंगशाला  प्याराफिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो।

प्रधानमन्त्री ओलीले बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरू भएदेखि नै तदारूकताका साथ बजेट र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए।

सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९.३५ र पुँजीगत प्रगति १२.०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओली भनाइ थियो।

उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालय मातहत रहेका सङ्घीय संसद् भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्रबैंकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावि योजनाबारे अवगत गराइएको थियो।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्