Kathmandu Press

शेखर कोइराला र म एकैठाउँ छौं : गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेता डा.शेखर कोइराला र आफू आजका दिनसम्म एकैठाउँ रहेको बताएका छन् ।
शेखर कोइराला र म एकैठाउँ छौं : गगन थापा 

काठमाडौं, माघ २३ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेता डा.शेखर कोइराला र आफू आजका दिनसम्म एकैठाउँ रहेको बताएका छन् ।

कांग्रेसका जिल्ला सभापति र जनप्रतिधिहरूका लागि पोखरामा संचालन भएको दुई दिने प्रशिक्षण कार्यक्रमपछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो भनाइ राखेका हुन्।

Hardik ivf

थापाले समूहको कुरा हुँदा आफू अहिले पनि कोइरालाकै साथमा रहेको बताए । महामन्त्री थापाले संचारकर्मीसँग भने, ‘१५ औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौं। म चाहिँ त्यहीँ छु, म भएको ठाउँमै शेखर कोइराला डाक्टर सा’व पनि हुनुहुन्छ भन्ने ठान्छु । रहने–नरहने भन्ने कुरा आ–आफ्नो व्यक्तिगत छनौटको कुरा भयो,’ उनले भने। 

कांग्रेसका दुई नेताबीच दूरी बढेको चर्चा भइरहेका बेला थापाबाट पोखरामा यस्तो प्रश्टोक्ति आएको हो । 

 

प्रकाशित मिति: १९:२९ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्