Kathmandu Press

अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको अभियोगमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

अदालत परिषरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको अभियोगमा बुधबार तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको अभियोगमा तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

काठमाडौं, माघ २३ : अदालत परिषरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको अभियोगमा बुधबार तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

प्रहरी अनुसन्धान अनुरुप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

प्रहरी अनुसन्धानपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राइलाई सजायको माग राखेर मुद्दा दर्ता भएको हो ।

अभियुक्त मध्येका महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेको अनुसन्धानबाट खुलेको छ।

मुलकी फौजदारी अपराध संहिताको ज्यान मार्ने उद्योग कसुर अन्तर्गत १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग राखेर अभियोगपत्र दर्ता भएको छ । 

 

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, माघ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्