विवाह खर्च कटाएर कोरोना कोषमा सहयोग
काठमाडौं, वैशाख १५ : नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विवाह खर्च कटाएर सरकारले सञ्चालन गरेको कोरोना रोकथाम तथा नियन....

काठमाडौं, वैशाख १५ : नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विवाह खर्च कटाएर सरकारले सञ्चालन गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा गराएका छन्। आइतबार विवाह बन्धनमा बाधिएका काफ्ले दम्पतिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई दुई लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
सरकारद्वारा सञ्चालित कोरोना रोकथाम कोषमा योगदान पुर्याउन विवाह खर्च कटौती गरी रकम हस्तान्तरण गरिएको काफ्लेले जानकारी गराए।
प्रकाशित मिति: १२:४७ बजे, सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











