नेपाल महिला अन्तर्राष्ट्रिय टी-२० सिरिजमा जितविहीन
पाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ।
काठमाडौं, माघ २३ : नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो।
जितका लागि नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो।
नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले अविजित सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन्। फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन जोडिन् ।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन योगदान दिइन । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन्।
त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुविना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नटआउट रहिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए।
नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । पाँच खेलमा ६ अङ्कका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अङ्कविहीन नेपाल तालिकाको अन्तिममा छ।
अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ।












-(86)-1764936079.jpg)