Kathmandu Press

चितवन अदालतले रवि लामिछानेलाई पठायो प्रहरी हिरासतमा

लामिछाने बुधबार चितवन जिल्ला अदालत हाजिर भएका थिए।
चितवन अदालतले रवि लामिछानेलाई पठायो प्रहरी हिरासतमा
फाइल तस्बिर।

काठमाडौं, माघ २३ : सहारा  चितवन सहकारी गठी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले हिरासत पठाएको छ।

बुधबारदेखि सुरू भएको धुनछेक बहस नसकिएपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको हो। 

Hardik ivf

लामिछाने बुधबार चितवन जिल्ला अदालत हाजिर भएका थिए।

अदालतमा हाजिर भएपछि न्यायाधीश ढकालको इजलासमा उनको बयान लिइएको थियो भने बुधबारबाटै थुनछेक बहस पनि सुरू भएको थियो। 

थुनछेक बहस नसकिएर मुद्दा हेर्दा हेर्दैमा परेपछि न्यायाधीश ढकालले उनलाई प्रहरीको जिम्मा लगाएको हो। 

चितवनमा अब लामिछाने मुद्दाको थुनछेक बहस नसकिँदासम्म प्रहरी हिरासतमा रहनेछन्। 

यसअघि रूपन्देही अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। 

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, माघ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्