विपिनलाई नेपाल पठाउने विषयमा इजरायलका राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद

काठमाडौं, माघ २३ः इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीलाई नेपाल पठाउने विषयमा इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन्।
राजदूत पण्डितले इजरायलका राष्ट्रपति हर्जोगसँग संवाद गरेको जानकारी परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत दिएको छ।
राजदूत पण्डितसँगको संवादमा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु जारी राखेको बताएको विज्ञप्तिमा जनाइएको छ।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए। एकजना नेपाली विद्यार्थी विपिन जोशीलाई भने हमासले बन्धक बनाएको थियो। सरकारले इजरायलमा रहेका अरु विद्याथीहरुलाई भने उद्धार गरी काठमाडौं ल्याएको थियो।
प्रकाशित मिति: १५:०० बजे, बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












