Kathmandu Press

न्यायाधीश ढकालको इजलासमा रविको बयान जारी

चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा जारी छ।
न्यायाधीश ढकालको इजलासमा रविको बयान जारी

चिवतन, माघ २३ : साहारा चितवन सहकारी ठगी प्रकरणमा अहिले चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको बयान जारी छ।

रविको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा जारी छ। मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चिवतनले मंगलबार मुद्दा दायर गरेपछि रवि बुधबार बिहान कार्यालय खोल्ने वित्तिकै अदालत उपस्थित भएका थिए।

सहारा चितवन सहकारीको रकम अपचलन प्रकणरणमा जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार रविसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

रविरहित ३ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ भने अन्य १२ जनाविरुद्ध भने संगठीत अपराधमा पनि मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: १२:५४ बजे, बुधबार, माघ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्