Kathmandu Press

चितवन जिल्ला अदालत पुगे रवि

सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालत उपस्थित भएका छन्।
चितवन जिल्ला अदालत पुगे रवि

चितवन, माघ २२ : सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालत उपस्थित भएका छन्।

रवि बुधबार कार्यालय खोल्ने वित्तिकै अदालत उपस्थित भएका हुन्।

सहारा चितवन सहकारीको रकम अपचलन प्रकणरणमा जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार रविसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

रविरहित ३ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ भने अन्य १२ जनाविरुद्ध भने संगठीत अपराधमा पनि मुद्दा दर्ता भएको छ ।

अब रविको बयान सुरु गरिने छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ।

प्रकाशित मिति: १०:४९ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्