Kathmandu Press

सभामुखले बोलाए प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक

बैठकमा सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।
सभामुखले बोलाए प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक

काठमाडाैं, माघ २३ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले आज दिउँसो तीन बजे सिंहदरबारका बस्ने गरी बैठक बोलाएका छन्।

बैठकमा  सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेको बेला सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन्।

प्रकाशित मिति: १०:३६ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्