एचपिभी खोप अभियानमा देखिएको उत्साह [फोटो फिचर]
माघ २२ देखि सञ्चालन भएको खोप अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।![एचपिभी खोप अभियानमा देखिएको उत्साह [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/hpvc-khop-(1)-1738680669.jpg)
विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा सहभागिता उत्साहजनक देखिएको छ।
किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ।
प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी, दुईजना स्वास्थ्य स्वयंसेविका, नर्स वा तालिमप्राप्त शिक्षिकाहरुलाई परिचालन गरिने छ ।
विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालयको हकमा सङ्ख्या थप गरी खोप अभियानलाई सफल बनाइने ‘फोकल पर्सन’ भुसालले जानकारी दिए।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्याबाट अत्यधिक नेपाली महिला पीडित हुने गरेको र धनजनको उल्लेख्य क्षति हुने गरेको तथ्याङ्कलाई दृष्टिगत गरी सरकारले देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ।
तस्बिरहरूः
प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार