जसपा नेपालद्वारा दुईवटा टास्क फोर्स गठन, यस्तो छ परिपत्र
जनता समाजवादी पार्टीले चार सदस्यीय दुईवटा 'टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ।-1724565288.jpg)
काठमाडौं, माघ २२ : जनता समाजवादी पार्टीले दुईवटा 'टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ।
तीन दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार सदस्यीय विशेष टास्क फोर्स र तीन सदस्यीय टास्क फोर्स गठन गरेको हो।
विशेष टास्क फोर्समा खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्रप्रसाद साह सदस्य छन्।
विशेष टास्क फोर्सलाई काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने मधेसी समुदायलाई पार्टीमा आबद्ध तथा संगठित गर्ने जिम्मेवारी दिइएको छ।
त्यस्तै काठमाडौं उपत्यकामा बसोबास गर्ने तथा काम गर्ने दलित समुदायलाई पार्टीमा आबद्ध गर्न केन्द्रीय कार्यकारिणी सदस्य तारा विश्वकर्माको संयोजकत्वमा टास्क फोर्स बनाएको छ।
टास्क फोर्समा चन्देश्वर सदा र दिपक विश्वकर्मा सदस्य छन्।
प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार