Kathmandu Press

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय 

 सरकारले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । 
उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय 

काठमाडौं, माघ २२ : सरकारले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । 

काठमाडौं उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दाहरू हेर्नेगरी यस्तो अदालत गठनको निर्णय भएको हो।

Hardik ivf

सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको जानकारी दिए।

न्याय परिषदले गत १२ कार्तिकमा न्यायपरिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोक्दै उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो । 

उक्त अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मीलाई तोकिएको छ।

उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिको मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका मुद्दा उपभोक्ता अदालतले हेर्नेछ।

यस्तो अदालत गठनको निर्णयपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालतमा विचाराधिन उपभोक्ता हित सरोकारसँग सम्बन्धित मुद्दाहरू उपभोक्ता अदालतमा सर्ने भएका छन्।

 

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्