जसपा नेपालले तोक्यो १३ विभागमा प्रमुख उपप्रमुख
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका विभिन्न विभागहरूमा प्रमुख र उपप्रमुख तोकेको छ।
काठमाडौं, माघ २२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका विभिन्न विभागहरूमा प्रमुख र उपप्रमुख तोकेको छ।
माघ १९ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको १३ विभागमा प्रमुख र उपप्रमुख तोकेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
संगठन विभाग प्रमुखमा लालबाबु राउत, उपप्रमुखम लाक्पा शेर्पा, स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेशकुमार मण्डल र उपप्रमुखमा अम्बिका काफ्ले, अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुखमा रेणुका सिंह, प्रचार विभाग प्रमुखमा पूर्णबहादुर बस्नेत तथा उपप्रमुखमा डा. अब्दुल कलाम अन्सारी, सामाजिक सेवा तथा गैरसरकारी संस्था विभाग प्रमुखमा विनिता यादव, उपप्रमुखमा विणा सिन्हा, कृषि तथा भूमी व्यवस्था विभाग प्रमुखमा संजय सिंह र उपप्रमुखमा मालामति रानामगर तोकिएकी छन्।
त्यस्तै वन, वातावरण तथा विपद व्यवस्थापन विभाग प्रमुखमा चन्द्रेश्वर पासवान, सहकारी तथा गरिवी निवारण विभाग प्रमुखमा यदयकान्त मिश्र तथा उपप्रमुखमा रामबहादुर जाग्री, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग प्रमुखमा हेमचन्द्र महतो तथा उपप्रमुखमा प्रचण्ड पौडेल, शिक्षा विभाग प्रमुखमा योगेन्द्र यादव तथा उपप्रमुखमा अन्जेस दाहाल र उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा लक्ष्मण गुरूङ तोकिएका छन्।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले जनतासँग जसपा नेपाल : आधारभूत संगठन निर्माण अभियानलाई निरन्तरता दिने र बाँकी रहेका कार्यहरू निर्धारित समयभित्रै सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै केन्द्रीय समितिमा बाराका आत्माराम साह, उदयपुरका खेमनारायण यादव (राहुल), भक्तपुरका दिलबहादुर लामा र भोजपुरका धुर्व राईलाइ थप गर्ने निर्णय गरेको छ।
जसपाले ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरेको छ।
सल्लाहकार समितिमा को-को छन्?