Kathmandu Press

बेलायती राजकुमार दम्पतीले राष्ट्रपतिलाई भेट्दै

उनीहरुले आज दिउसो नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्य तालिका रहेको नेपालस्थित बेलायती दूताबासले जनाएको छ।
बेलायती राजकुमार दम्पतीले राष्ट्रपतिलाई भेट्दै

काठमाडौं, माघ २२ : नेपाल भ्रमणमा आइपुगेका बेलायती राजकुमार दम्पती एक सातासम्म नेपालमा रहने भएका छन्।

मंगलबार विहान काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै लैनचौरस्थित बेलायती दूतावास गएका थिए। उनीहरुले आज दिउसो नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्य तालिका रहेको नेपालस्थित बेलायती दूताबासले जनाएको छ।

६ दिनको नेपाल बसाइका क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूताबासले जनाएको छ। उनीहरु २७ गते साँझ स्वदेश फर्किने तालिका छ।

 

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, माघ २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्