बेलायती राजकुमार आइपुगे काठमाडौं
राजकुमार एडवार्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरे।
काठमाडौं, माघ २२ : बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन्।
राजकुमार एडवार्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरे।
एडवार्डकी श्रीमती राजकुमारी सोफिया विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थलमा अवतरण गरेकी थिइन्।
राजकुमार एडवार्ड दिल्लीबाट र राजकुमारी सोफिया लन्डन हुँदै नेपाल आएकी हुन्।
केही बेरपछि दुवैले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ।
प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार