Kathmandu Press

साहारा सहकारी ठगी प्रकरणमा रविसहित १५ विरुद्ध ठगी मुद्दा दर्ता, ५६ करोड २० लाख विगो माग

जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारी ठगीको आरोप लगाएको छ।
साहारा सहकारी ठगी प्रकरणमा रविसहित १५ विरुद्ध ठगी मुद्दा दर्ता, ५६ करोड २० लाख विगो माग

चितवन, माघ २२ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मंगलबार चितवनमा पनि मुद्दा दर्ता भएको छ।

लामिछानेसहित १५ जनालाई प्रतिबादी बनाउँदै केही बेरअघि मुद्दा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारी ठगीको आरोप लगाएको छ।

Hardik ivf

अभियोगपत्रमा लामिछानेसँगै, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन,  लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलाई प्रतिबादी बनाईएको छ।

अदालतमा लामिछानेलाई सहकारी ठगी र अन्य व्यक्तिलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ। प्रहरीको अनुसन्धानले साहाराम सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ अपचलन गरको निक्र्योल गरेको छ।

सहकारीबाट विभिन्न कम्पनीमा गएको रकम जोड्दा ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम हुनुपर्ने माग प्रहरीको छ। साहारा ठगी प्रकरणमा गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

लामिछाने यसअघि पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम ठगी प्रकरणमा अदालतबाट धरौटी रकममा छुटेका थिए।

प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्