Kathmandu Press

७७ वटै जिल्ला सभापति र उपसभापति पोखरामा भेला

प्रशिक्षणका लागि अभिुमुखीकरणको बन्दसत्र सुरु हुन लागेको छ। बन्दसत्रको सुरुवात नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले गर्ने छन्।
७७ वटै जिल्ला सभापति र उपसभापति पोखरामा भेला

कास्की माघ २२ : नेपाली कांग्रेसका ७७ वटै जिल्लाका सभापति, उपसभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुख प्रशिक्षण लिन पोखरामा भेला भएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिन थालेको हो। प्रशिक्षणका लागि अभिुमुखीकरणको बन्दसत्र सुरु हुन लागेको छ। बन्दसत्रको सुरुवात नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले गर्ने छन्।

Hardik ivf

लामिछानेले ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्दैछन्।

त्यसपछि पार्टी मुख्यसचिवसमेत रहेका डा.कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्ने कार्यतालिका छ।

प्रतिष्ठानका निर्देशक डा.जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद– नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयमा कार्यपत्र पेस गर्ने तयारी छ । प्रतिष्ठानका कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठले ‘नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व’ को विषयमा कार्यपत्र पेस गर्नेछन्। कार्यपत्र प्रश्तोतालाई ४० मिनेटको समय तोकिएको छ।

कार्यपत्र प्रस्तुति सकिएपछि कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिने कार्यतालिका तय भएको छ।

थापाले ‘पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्ध’ र महामन्त्री शर्माले ‘वर्तमान सन्दर्भमा समसामयिक मुद्दाहरू’ को बिषयमा प्रशिक्षण दिनेछन्। भोलि बुधबार समूहगत छलफल हुने कार्यतालिका छ।

 

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्