Kathmandu Press

काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया

सोफिया मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी सोफियालाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया

काठमाडौं, माघ २२ : बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्।

सोफिया मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी सोफियालाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।

Hardik ivf

सोफिया एयरपोर्टबाट सिधै लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

राजकुमार एडवार्ड पनि आजै काठमाडौं आइपुग्ने छन्। एडवार्ड आएपछि दुवैले अपरान्ह ३ः४५ बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रममा छ।

६ दिनसम्म नेपालमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ।  यस्तै, उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका रहेको छ।

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्