Kathmandu Press

सामाजिक सञ्जालका ‘प्लेटफर्म’ दर्ता गर्न सञ्चार मन्त्रालयले गर्यो ताकेता

यस्तै, निर्देशिकाको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने सूचनमा जनाएको छ।
सामाजिक सञ्जालका ‘प्लेटफर्म’ दर्ता गर्न सञ्चार मन्त्रालयले गर्यो ताकेता

काठमाडौं, माघ २१ : सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ताकेता गरेको छ । 

सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दर्ताका लागि सूचना जारी गर्दै मन्त्रालयले ताकेता गरेको हो । सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ।

उक्त कार्यले अनलाइन प्लेटफर्मको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत पुग्ने अपेक्षा मन्त्रालयको छ ।

यस्तै, निर्देशिकाको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने सूचनमा जनाएको छ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ।

सरकारले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्ने भन्दै विधेयक ल्याएको हो । 

 

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्