Kathmandu Press

‘नो केबलकार समूह’ ले बनायो चार सदस्यीय वार्ता सहजीकरण समिति

समिति गठनसँगै वार्ता प्रक्रियाको थालनी भएको छ।
‘नो केबलकार समूह’ ले बनायो चार सदस्यीय वार्ता सहजीकरण समिति

काठमाडौं, माघ २१ : ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ताका लागि चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ । 

उक्त समितिले गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफल गर्ने छ।

वार्ताका सहजीकरणका लागि अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन भएको हो।

समिति गठनसँगै वार्ता प्रक्रियाको थालनी भएको छ।

समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने बताइएको छ। 

‘नो केबलकार समूह’ ले वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनालाई रिहा गर्नुपर्ने, निर्माणाधीन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने अडान लिएका छन्।

 

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, माघ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्