Kathmandu Press

साहारा ठगी प्रकरण : लामिछानेसहित १४ जनाविरूद्ध मंगलबार अभियोगपत्र दर्ता गर्ने तयारी 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ ।
साहारा ठगी प्रकरण : लामिछानेसहित १४ जनाविरूद्ध मंगलबार अभियोगपत्र दर्ता गर्ने तयारी 

चितवन, माघ २१ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ ।

जिल्ला सरकारी वकील कार्यालयले सोमबारै मुद्दा दर्ता गर्ने तयारी गरे पनि तयारी नपुगेका कारण मंगलबार मात्रै दर्ता हुने भएको हो।

Hardik ivf

लामिछानेसँगै १४ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ।

सरकारी वकीलले लामिछानेसहित १४ जना प्रतिबादी र ६ वटा संस्थाविरुद्ध  ठगीको अभियोग लगाइने भएको छ । सरकारी वकिलले पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न दिएको निर्देशन अनुरुप प्रहरीले थप छानविन गरेर एक साता अघि नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सबै लाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न थालिएको हो । ठगी अभियोगमा मुद्दा दर्ता भएपछि लामिछानेलाई बयानका लागि चितवन झिकाइने छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा साहारा सहकारीमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको दाबी लिइएको छ ।

लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतमा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतमा १ करोड रुपैयाँ धरौटी रकम बुझाएर छुटेका थिए।

 

प्रकाशित मिति: १८:४० बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्