Kathmandu Press

माओवादीले भन्यो : ‘कोशी सरकार सदनप्रति अनुदार भयो’

कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार सदन र प्रतिपक्षिप्रति अनुदार भएको टिप्पणी गरेको छ।
माओवादीले भन्यो : ‘कोशी सरकार सदनप्रति अनुदार भयो’

इटहरी, माघ २१ : कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार सदन र प्रतिपक्षिप्रति अनुदार भएको टिप्पणी गरेको छ।

सोमबारको प्रदेश सभाको बैठकको विशेष समयमा संसदीय दलको तर्फबाट बोल्दै माओवादी सांसद गणेश उप्रेतीले सरकारले कुनै प्रश्नको जवाफ दिन नचाहेको टिप्पणी गरेका हुन्।

Hardik ivf

‘मुख्यमन्त्रीज्यूले हामीले उठाएका प्रश्नको जवाफ दिएको छैन र दिने धारणा बनाउनुभएको पनि छैन्। त्यस कारण कोशी सरकार सदनप्रति कति पनि जिम्मेवार बन्नुपर्छ भन्ने अवस्थामा छैन्,’उनले भने,‘सरकारको जवाफ नआए सदन चल्न सक्दैन।’

उप्रेतीले पाथीभरामा केबलकार निर्माणका सन्दर्भमा भइरहेको घटनामा समेत सरकार गैह्र जिम्मेवार रहेको टिप्पणी गरे। ‘सरकार वार्ता गर्ने समयमा गोली हान्न अगाडि सर्‍यो,’उनले भने,‘अहिले बन्दकै कारण कतिपय माननीयहरू आउन सक्नुभएको अवस्था छैन।’

सबैभन्दा पहिले त्यहाँ रहेको फौज फिर्ताका साथ काम रोकेर वार्ता गर्न उप्रेतीले सरकारलाई सुझाव दिए। ‘विकास पनि शान्तिपूर्ण ढङ्गबाट मात्रै गर्नु पर्दछ,’उनले भने, ‘सरकारले काम रोकेर र सुरक्षा फिर्ता बोलाएर वार्ताको टेबलमा बस्नुपर्दछ।’

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्